
जेनजी आन्दाेलनकाे बलमा बनेकाे प्रधानमन्त्री सुशीला कार्कीकाे अन्तरिम सरकारले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने भएकाे छ । आज चार जना नयाँ मन्त्री थपेर फेरि मन्त्रीपरिषद् विस्तार गर्ने लागेकाे हाे ।
प्रधानमन्त्री कार्कीले नियुक्त हुन लागेका चारै जनाको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकाे र राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीका नामको सूची कार्यालयमा आइसकेको बताइएकाे छ ।
थपिन लागेका मन्त्रीहरूमा कुमार इङनाम –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राजेन्द्रसिंह भण्डारी –श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, माधव चौलागाईं –वन तथा वातावरण मन्त्रालय र श्रद्धा श्रेष्ठ –महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेकाे छ ।
नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो ३ बजेका लागि तोकिएको छ भने उनिहरूकाे शपथ राष्ट्रपति पौडेलले नै गराउने कार्यक्रम तय भएको छ । यसअघि पटक-पटक मन्त्रिपरिषद् विस्तार गर्दै आएकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै सरकारले निर्वाचन केन्द्रित कामलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।


