Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

लुम्बिनी लायन्सलाई एनपिएलकाे उपाधि

२९ आइतबार , मंसिर २०८२२ दिन अगाडि

लुम्बिनी लायन्सलाई एनपिएलकाे उपाधि

नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत हिजाे सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सले उपाधि जितेकाे छ । काठमाडौँकाे कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा भएकाे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बनेर उपाधि हात पारेकाे हाे ।  

दोस्रो संस्करणको उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताएका छन । टोलीलाई च्याम्पियन बनाएका रोहितले प्लेअर अफ दी टुर्नामेन्ट हुँदै कार उपहार पाएका थिए ।

लुम्बिनीको कप्तान रोहितको प्रदर्शन अलराउन्ड रह्यो भने उनले २ सय ७६ रन, बलिङतर्फ पनि १० विकेट लिँदै उत्कृष्ट ब्याटर बन्न सफल भएका थिउ । कार उपहार पाएका राेहितले प्रतियोगिताको इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट हुँदै पल्सर बाइक पनि पाएका छन् ।

यता सुदूरपश्चिम राेयल्स दोस्रोपटक पनि उपविजेतामै सीमित रहेकाे छ । प्रतियोगिताभर राम्राे गरेकाे सुदूरपश्चिमले फाइनल खेलमा चुक्दा उपाधिबाट बन्चित बन्न पुगेकाे हाे । सुदूरपश्चिमकाे ब्याटिङ नचल्नु नै हारको प्रमुख कारण बनेको प्रशिक्षक जगत टमटाले बताएका थिए ।