Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

पाकिस्तानको कराची सिटीसँग एपीएफ भिड्दै

२९ आइतबार , मंसिर २०८२२ दिन अगाडि

पाकिस्तानको कराची सिटीसँग एपीएफ भिड्दै

नेपाली क्लब एपीएफले साफ महिला क्लब च्याम्पियनसिपको आफ्नो तेस्रो खेल पाकिस्तानको कराची सिटीसँग खेल्दैछ । आज दिउँसो ६ बजे दशरथ रंगशालामा हुने खेलमा एपीएफले कराची सिटीसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

एपीएफले दुई खेलमा चार अंक जोडेको छ भने आजकाे तेस्रो खेल जिते एपीएफ फाइनलमा पुग्नेछ । यता कराँचीको आजकाे खेल अन्तिम खेल हो भने कराँचीले तीन खेलमा दुईमा बराबरी र एकमा पराजित भएसँगै उस्काे २ अंक रहेको छ ।

त्यस्तै आजै हुने पहिलो खेलमा भारतको इस्ट बंगाल र बंगलादेशको नसिरन स्पोर्ट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो २ बजे दशरथ रंगशालामा हुने खेलमा भारतको इस्ट बंगाल र बंगलादेशको नसिरन स्पोर्ट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।