Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

केहि भू–भागमा आंशिक बदली, हुम्लाको तापक्रम माइनस १ डिग्री

२९ आइतबार , मंसिर २०८२२ दिन अगाडि

केहि भू–भागमा आंशिक बदली, हुम्लाको तापक्रम माइनस १ डिग्री

अहिले नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेकाले मुलुकभर चिसाे बढ्दाे क्रममा रहेकाे छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको सम्भावना रहेकाे छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रहेको छ भने अहिले हुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस पुगेकाे महाशाखाले जनाएको छ ।