Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

सुनको मूल्यमा निरन्तर वृद्धि

२९ आइतबार , मंसिर २०८२२ दिन अगाडि

सुनको मूल्यमा निरन्तर वृद्धि

नेपाली बजारमा सुनकाे मूल्य निरन्तर वृद्धि भएको छ । यसअघि गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको हाे ।

गत शुक्रबारको तुलनामा आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुनको मूल्य प्रतिताेला २ लाख ५८ हजार ८ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

महासंघका अनुसार चाँदीको मूल्य ३ हजार ८ सय २५ रुपैयँ निर्धारण भएको छ । यसअघि शुक्रबार चाँदी प्रतिताेला ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २ सय ९९ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको बताइएकाे छ ।