Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

रुद्रकली र खगेन्द्रको जोडीलाई कतार पठाइँदै

३० सोमबार , मंसिर २०८२एक दिन अगाडि

रुद्रकली र खगेन्द्रको जोडीलाई कतार पठाइँदै

नेपाल सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा उपहारस्वरुप दिइएकाे रुद्रकली र खगेन्द्र हात्तीको जोडीलाई कतार पठाउन लागिएकाे छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र हात्तीको जोडीलाई अाल सौराहाबाट बिदाइ गर्न लागिएकाे हाे ।

चितवन राष्ट्रिय निकुञ्ज सूचना अधिकारी अभिनास थापामगरका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा हुर्किएका रुद्रकली र खगेन्द्र पुस २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार उड्ने बताइएकाे छ ।

यसअघि २०८१ वैशाख ११ र १२ गते भएको कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार रुद्रकली र खगेन्द्रलाई कतार पठाउन लागिएकाे हाे ।

सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा रुद्रकली र खगेन्द्रकाे जन्म भएकाे हो । अहिले ६–६ वर्षका भएका खगेन्द्रप्रसाद भाले र रुद्रकली पोथी हात्ती हुन् ।

यसअघि नै कतार पठाउने तयारी गरिएकाे भएता पनि वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) सम्बन्धी नियम पालना लगायतका प्रक्रिया पूरा गर्दा हात्ती पठाउन ढिला भएको निकुञ्जका अधिकारीहरुले बताएका छन् ।