Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

सुनकाे मूल्य २ लाख ६० हजार नाघ्याे

३० सोमबार , मंसिर २०८२२० घण्टा अगाडि

सुनकाे मूल्य २ लाख ६० हजार नाघ्याे

नेपाली बजारमा सुनकाे मूल्य उकालाे लाग्न थालेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्यले हालसम्मकै उच्च विन्दु कायम गर्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ रेकर्ड बनाउने क्रम जारी रहेकाे छ । हिजाे प्रतिताेला २ लाख ५८ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे सुनकाे मूल्यले आज नयाँ इतिहास रचेकाे हाे । यसअघि गत असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेर रेकर्ड कायम भएको थियो जसलाई आइतबार र सोमबारको लगातारको मूल्य वृद्धिले पछि पारेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर चाँदीको मूल्य ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । सुनकाे जस्तै चाँदीले पनि गत शुक्रबार प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो ।