Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

२४ घण्टामा २५ वटा विपद्जन्य घटना

३० सोमबार , मंसिर २०८२१९ घण्टा अगाडि

२४ घण्टामा २५ वटा विपद्जन्य घटना

मंसीर २६ गते बिहान १० बजेदेखि मंसीर २७ गते बिहानसम्म २४ घण्टाकाे समयमा देशभर २५ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २४ घटाकाे समयमा उक्त विपद्जन्य घटना घटेका हुन् ।

प्राधिकरणका अनुसार देशभर २५ वटा विपद्जन्य घटना घटेकाेमा सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका थिए । जसमध्ये कतै डढेलो लागेकाे थियाे भने कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागि भएकाे बताइएकाे छ ।

त्यसैगरि कतै बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख गरिएकाे छ । जसमा रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई/दुई स्थानमा आगलागीका घटना घटेका थिए ।

त्यसैगरि मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक/एक स्थानमा आगलागीका घटना घटेका छन् । अहिले जाडाेकाे समयमा आगो ताप्दा, केटाकेटीले खेल्दासमेत आगलागी भएको पाइएको छ ।

त्यसैगि पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीकाे आक्रमणका घटना घटेका थिए । मोरङको सुन्दरहरैचा नगरपालिका १२, मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । 

उक्त २५ विपद्जन्य घटनामा एक जनाको निधन र चार जना घाइते भएकाे प्राधिकरणले जनाएकाे छ । विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९ सय रुपैयाँ बराबरको क्षति भएको अनुमान प्राधिकरणले गरेकाेछ ।