Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

भारतका हर्शल पाठक महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

०१ मंगलबार , पौष २०८२१२ घण्टा अगाडि

भारतका हर्शल पाठक महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्शल पाठकलाई नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे ।

नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त पाठक थाइल्याण्डका पूर्वराउन्डरसमेत हुन् । क्यानद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार पाठकलाई महिला क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त गरेको जनाइएको छ ।

यसअघि क्यानले विदेशी प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो भने साेहि अनुसार क्यानले पाठकलाई छनोट गरेको हो । नेपालले आगामी जनावरी १२ देखि फेब्रुअरी १ तारिकसम्म नेपालमा आयोजना हुने विश्वकप ग्लोबल छनोटका खेल खेल्दैछ ।