
अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १ पुस, मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ गाउँपालिका(१ चुम्लिङ बस्ने २० वर्षीय सुमन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पोखराबाट जनकपुरतर्फ जाँदै गरेको गm २ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ११ सल्लाघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही ठाँउ बस्ने २२ वर्षीय बादल बादीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
महोत्तरी, गौशाला नगरपालिका(८ खाल्टे बजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोनमा गाउँपालिका(३ बस्ने २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठा रहेका छन् । इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले ढल्केबरबाट खाल्टे बजारतर्फ आउँदै गरेको वीआर ३० डब्लु १३०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
स्याङ्जा, १ पुस, हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका २ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका(२ फेदीखोलाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।


