Advertisement Banner
Advertisement Banner

०२ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

घाम लागेपनि देशभर चिसो बढ्दाे

०२ बुधबार , पौष २०८२१० घण्टा अगाडि

घाम लागेपनि देशभर चिसो बढ्दाे

पुष महिना लागेसँगै घाम लागेपनि चिसाे बढ्न सुरु भएकाे छ । तत्काल वर्षा र हिमपात गराउने कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढ्दै गएकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु वा अन्य कुनै पनि मौसमी प्रणालीको प्रत्यक्ष प्रभाव नदेखिएको महाशाखाले जनाएकाे छ । आज दिनभरजसो देशभरको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ भने आकाश खुले पनि बिहान र बेलुकीपख चिसोको मात्रा बढ्दै गएको बताइएकाे छ ।

दिनभर घाम लागे पनि रातीको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ । महाशाखाका अनुसार बिहानको समयमा काठमाडौँ उपत्यकामा कठ्याङ्ग्रिने चिसो महसुस हुन थालेको छ ।

काठमाडौँ उपत्यकाकाे आज बिहान पाैने ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान गरिएको छ । दिउँसोको समयमा केही न्यानो महसुस भएपनि बिहान बेलुकी चिसाे बढ्न थालेकाे पनि महाशाखाले जनाएकाे छ ।