Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

२०८३ को पञ्चाङ्ग पनि २०८२ साल अनुरूप नै हुने

०२ बुधबार , पौष २०८२६ महिना अगाडि

२०८३ को पञ्चाङ्ग पनि २०८२ साल अनुरूप नै हुने

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै हुने भएकाे छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार पञ्चाङ्गकारसमेतको संयुक्त बैठकले २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै हुने बताएकाे हाे ।

२०८३ को पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको र केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न केही समय लाग्ने देखिएकाले पञ्चाङ्ग प्रकाशन गर्न ढिलाइ भइसकेको हुँदा सेवाग्राहीलाई समस्या नहाेस भनि २०८२ साल अनुरुप नै गर्न लागिएको समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् ।

यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्नु भनी सूचना जारी गरिएकोमा समितिको निर्णय अनुसार नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रही गर्ने निर्णय भएको थियो । अन्य ग्रहहरू ज्योतिर्गणितम् तथा केतकीग्रहगणितम्का आधारमा गणना गरी पञ्चाङ्ग प्रकाशित भएको थियो ।

जसअनुसार समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सौरोक्त पद्धतिबाटै समय सापेक्ष आकाशको ग्रहस्थितिसँगै मिल्ने गणना सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वान आमन्त्रण गरी छलफल कार्य तत्काल अघि बढाउने निर्णय गरिएको बताइएकाे छ ।