Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

जथाभावी विद्यार्थीको कपाल मुण्डन गर्न नपाइने

०३ बिहिबार , पौष २०८२एक दिन अगाडि

जथाभावी विद्यार्थीको कपाल मुण्डन गर्न नपाइने

काठमाडौँ महानगरपालिकाले महानगर भित्रका आफ्ना मातहतका विद्यालयहरूमा ‘अनुशासन’का नाममा विद्यार्थीको कपाल जथाभावी मुण्डन गर्न रोक लगाएको छ । विद्यार्थीको कपाल जथाभावी मुण्डन गर्दा बालबालिकामा गम्भीर मनोवैज्ञानिक असर परेको भन्दै महानगरले त्यस्ताे कार्य नगर्न निर्देशन दिएको हो ।

केही सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूले कपाल लामो भएको भन्दै ‘अनुशासन’का नाममा स्कुलमै जबर्जस्ती कपाल काटिदिँदा बालबालिकामा असर परेको जनाउँदै महानगरले त्यस्ता प्रवृत्तिमाथि कडा रोक लगाएको हाे । 

यसअघि कपाल लामो भएको निहुँमा अभिभावकको अनुमति बेगर र विद्यार्थीको आत्मसम्मानमा चोट पुग्ने गरी विद्यालय हाताभित्रै कपाल मुण्डन गरिदिने गरेका गुनासाहरू बाहिर आएका थिए ।

विद्यालयहरूले त्यस्ता गतिविधि गर्दा बालमनोविज्ञानमा गहिरो धक्का लाग्ने ठहर गर्दै महानगरको शिक्षा विभागले सबै विद्यालयका नाममा विशेष परिपत्र जारी गरेको छ । 

महानगरद्वारा जारी परिपत्रमा शिक्षा नियमावली, २०५९ को कानुनी व्यवस्थालाई स्मरण गराइएको र नियमावलीको नियम १३३ (१) (ट) ले विद्यार्थीलाई विद्यालयमा कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिन नहुने कुरा सुनिश्चित गरेको छ । 

साथै, नियम २५ (ट) अनुसार विद्यालय व्यवस्थापन समितिले आचारसंहिता बनाउन सक्ने भए पनि त्यसको कार्यान्वयन गर्दा विद्यार्थीको मानवीय मर्यादामा आँच आउन नहुने कुरामा महानगरले सचेत गराएको छ ।