
झूटो विवरण पेश गरी नागरिकता बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उनिहरूले झूटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाएको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हाे ।
पक्रउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७, घर भई हाल काठमाडौँ तारकेश्वर–८ शान्तिटोल बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३, घर भई हाल ललितपुर महालक्ष्मी–१, इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापा भद्रपुर नगरपालिका–९, घर भई हाल काठमाडौँ महानगरपालिका–३०, ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका उनिहरूलाई नागरिकता, लिखत कीर्ते र सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जनाएका छन् ।


