Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

रवि र छविकाे मुद्दामा आज पेसी

०३ बिहिबार , पौष २०८२८ महिना अगाडि

रवि र छविकाे मुद्दामा आज पेसी

सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीकाे मुद्दामा आज पेसी तोकिएको छ । हाल थुनामा रहेका दुवैजनाकाे मुद्दामा आज पेसी तोकिएको हाे ।

उनिहरूकाे आज उच्च अदालत बुटवलमा पेसी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुवरले जानकारी दिएका छन् । यसअघि उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने दुई पटक रवि पक्षका कानून व्यवसायीले निवेदन दिँदा बहस रोकिएको थियो ।

बुटवलकाे सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।