Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

पशुपति प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका खुला

०४ शुक्रबार , पौष २०८२२ महिना अगाडि

पशुपति प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका खुला

काठमाडाैँकाे पशुपतिनाथ क्षेत्रकाे मूल मन्दिर प्रवेश गर्ने पश्चिमी बाहिरी ढोका खुला गरिएकाे छ । गौशाला मूल सडकसँग जोडिएको उक्त पश्चिमी बाहिरी ढोका लामो समयदेखि बन्द रहेकाेमा हिजाे बिहीबारदेखि खुला गरिएको हाे ।

सम्पदा बचाउ अभियानकर्मीको समूहले हिजो पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसाललाई भेटी प्रहरी वृत्त गौशालासँगको सो ढोका खोल्न अनुरोध गरेको थियो । अभियानकर्मी प्रकाश रायमाझी नेतृत्वको समूहको अनुरोधपछि कोषले हिजैदेखि प्रहरी वृत्ततर्फको बाहिरी ढोका खुला गरेको छ ।

उक्त ढाेका करिब एक दशकदेखि बन्द गरिएको थियो । अभियानकर्मीले सदस्य सचिव भुसाललाई अनुरोध गरेको केही समयमै ढोका खुला भएको बताइएकाे छ भने यसअघि पशुपतिनाथ मूल मन्दिरभित्रको फलामको रेलिङ पनि हटाइएकाे थियाे ।