
सरकारले वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरेको छ । सरकारकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन् ।
यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रहेकाेमा बढाएर ९ हजार ५ सय पुर्याइएको थियो । परीक्षण शुल्क बृद्धिकाे चाैतर्फि विराेध भएपछि सरकारले उक्त निर्णय खारेज गर्दै पुरानै शुल्क कायम गरेको बताइएकाे छ ।
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धिले रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भएको थियो । यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको पालामा मन्त्रीस्तरीय निर्णय मार्फत् स्वास्थ्य परीक्षण शुल्क वृद्धि भएपनि त्यसकाे विराेध भएपछि कार्यन्वयन भएकाे थिएन् । अहिले पनि गत मंसिरमा पुन बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज भएको हो ।


