Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

पाँचौ तलाबाट खसेका चिकित्सकको मृत्यु

०६ आइतबार , पौष २०८२२ महिना अगाडि

पाँचौ तलाबाट खसेका चिकित्सकको मृत्यु

विराटनगरकाे नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसेका चिकित्सकको मृत्यु भएकाे छ । नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको कलेजको भवनबाट खसेर मृत्यु भएको हाे ।

कलेजको भवनबाट खसेर मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार यादव बिहान करिब साढे ६ बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेका थिए ।

पाँचौँ तलाबाट खसेर गम्भीर अवस्थामा फेला परेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचार क्रममा बिहान साढे ७ बजे उनको मृत्यु भएको बताइएकाे छ ।