Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनकाे मूल्यमा गिरावट, चाँदीकाे मूल्य बृद्धि

०६ आइतबार , पौष २०८२२ महिना अगाडि

सुनकाे मूल्यमा गिरावट, चाँदीकाे मूल्य बृद्धि

आज नेपाली बजारमा सुनकाे मूल्य घटेको छ भने चाँदीकाे मूल्य बढेकाे छ । आज सुनको मूल्य १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रवार प्रतितोला सुन २ लाख ५८ हजार ४ सय रुपैयाँमा काराेबार भएको थियो । त्यसैगरि आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १ सय रुपैयाँ बढेर ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदी प्रतितोला ४ हजार ५ रुपैयाँमा काराेबार भएको थियो ।