Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आइसिसी टी–२० विश्वकपका लागि खेलाडी छनोट

०७ सोमबार , पौष २०८२८ महिना अगाडि

आइसिसी टी–२० विश्वकपका लागि खेलाडी छनोट

आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिकसम्म हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको खेलाडी छनोट भएका छन् । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि खेलाडी छनाेट गरिएकाे हाे ।

नेपाल क्रिकेट संघका अनुसार आजदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको छ । छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख रहेका छ्न ।

त्यसैगरी आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेशकुमार सिंहलगायत टाेलीमा छनोट भएका छन् ।