Advertisement Banner
Advertisement Banner

०७ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

विमानस्थलबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

०७ सोमबार , पौष २०८२१० घण्टा अगाडि

विमानस्थलबाट लागू औषधसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थलबाट लागू औषध गाँजाजस्तो देखिने करिब ४ किलो २८४ ग्रामसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।    

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका अनुसार विमानस्थलबाट ३३ वर्षीय भारतीय नागरिक रञ्जित सिंह पक्राउ परेका हुन् । थाई एयरलाइन्स मार्फत बैंककबाट काठमाडौँ आएका रञ्जितलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेकाे बताइएकाे छ ।

उनलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागू औषध फेला परेकाे थियाे । सोही लागू औषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागू औषध नियन्त्रण ब्युरो पठाइएको प्रहरीले जनाएकाे छ ।