Advertisement Banner
Advertisement Banner

०७ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

आगलागीमा परि बुहारीकाे मृत्यु ससुरा घाइते

०७ सोमबार , पौष २०८२८ घण्टा अगाडि

आगलागीमा परि बुहारीकाे मृत्यु ससुरा घाइते

सिन्धुलीमा आगलागी परि ससुरा घाइते भएका छन भने बुहारीकाे मृत्यु भएकाे छ । सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारस्थित दुर्गामान बम्जनको घरकाे भान्सा कोठाभित्र आगलागी हुँदा ६२ वर्षीय दुर्गामान बम्जन घाइते भएका थिए भने उनकाे बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ भने उनकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको बताइएकाे छ । दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरा पनि आगोमा जलेकाे प्रहरीले जनाएकाे छ ।

मृतक सुशीलाकाे श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी रहेकाे प्रहरीले जनाएकाे छ । अहिले प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताइएकाे छ ।