Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

चिसो बढेपछि मधेसका विद्यालय धमाधम बन्द

०८ मंगलबार , पौष २०८२९ घण्टा अगाडि

चिसो बढेपछि मधेसका विद्यालय धमाधम बन्द

मधेस प्रदेशका जिल्लामा जाडाे महिना लागेसँगै अत्यधिक चिसाे बढेपछि विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । अत्याधिक चिसो बढेपछि सामुदायिक तथा निजी विद्यालयहरु बन्द गर्न थालिएकाे हाे । 
 
जिल्लामा अत्याधिक चिसो बढेपछि रौतहटको गौर नगपालिकाले सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरस्तरीय बैठकबाट पुस ८ गते मंगलवारदेखि ११ गते शुक्रवारसम्म नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेकाे बताइएकाे छ ।

त्यसैगरि तराई-मधेशका जिल्लाहरूमा लगातारको हस्सु र शीतलहरका कारण चिसो बढेपछि पर्साको वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि विद्यालयमा जाडाे बिदा दिएका छन् । उक्त पालिकाहरुले पुष ७ गतेदेखि ९ गतेसम्म तीन दिन बिदा दिएकाे हाे ।

त्यसैगरि जिल्लाकाे पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले पनि बुधबारसम्म जाडाे बिदा दिएका छन् भने परवानीपुर गाउँपालिकाले पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गराएको छ । त्यस्तै सिम्रौनगढ नगरपालिकाले पनि पुष ९ गतेसम्म विद्यालयमा विदा दिएको बताइएकाे छ ।

केही दिनदेखि तराईका जिल्लाहरूमा निरन्तर शीतलहर चलिरहेको कारण चिसो बढ्दा त्यस क्षेत्रकाे जनजिवन प्रभावित हुनुका साथै बालबालिका, वृद्धवृद्धालाई समस्या पर्दै गएकाे छ ।