
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग राष्ट्रिय मानव अधिकार आयोगले हिजाे सोधपुछ गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाका बारेमा आयोगले मेयर शाहसँग सोधपुछ गरेको हो ।
आयोगकाे अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका समयमा मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस र अरू घटनाक्रमबारे सोधपुछ गरेको बताइएकाे छ । आयोगले मेयर साहसँग झण्डै दुई घण्टासम्म साेधपुछ गरेकाे थियाे ।
गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान भइरहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले जनाएका छन् ।


