Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आयोगद्वारा बालेनसँग सोधपुछ

०८ मंगलबार , पौष २०८२८ महिना अगाडि

आयोगद्वारा बालेनसँग सोधपुछ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग राष्ट्रिय मानव अधिकार आयोगले हिजाे सोधपुछ गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाका बारेमा आयोगले मेयर शाहसँग सोधपुछ गरेको हो ।

आयोगकाे अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका समयमा मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस र अरू घटनाक्रमबारे सोधपुछ गरेको बताइएकाे छ । आयोगले मेयर साहसँग झण्डै दुई घण्टासम्म साेधपुछ गरेकाे थियाे ।

गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान भइरहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले जनाएका छन् ।