Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

विभागले तीन होटललाई नगद जरिवाना तिरायाे

०८ मंगलबार , पौष २०८२७ घण्टा अगाडि

विभागले तीन होटललाई नगद जरिवाना तिरायाे

काठमाडौँमा सञ्चालन भइरहेकाे तीन होटललाई नगद जरिवाना गरिएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई नगद जरिवानासहित कारबाही गरेको हाे ।

बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई नगद रु ५० हजार, गोल्मादेवी भोजनालय एण्ड लजलाई नगद रु पाँच हजार र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई नगद रु पाँच हजार जरिवाना गरेको हाे । 

विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको बताइएकाे छ ।

त्यसैगरि विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरि सुधारात्मक निर्देशन दिएको छ । त्यस्तै विभाग पछिल्ला दिनमा नियमित रुपमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर रहेकाे छ ।

विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउनुका साथै कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको समेत स्पष्ट पारेको छ ।