Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, माघ २०८२9th January 2026, 2:05:00 am

सुनकाे मूल्य ह्वात्तै बढ्याे, ताेलाकाे २ लाख ६७ हजार नाघ्याे

०८ मंगलबार , पौष २०८२एक महिना अगाडि

सुनकाे मूल्य ह्वात्तै बढ्याे, ताेलाकाे २ लाख ६७ हजार नाघ्याे

आज नेपाली बजारमा सुनकाे मूल्य एकाएक आकासिएकाे छ । तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर सुनकाे मूल्यले अहिलेसम्मकै उच्च मूल्य कायम गरेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार आज सुन तोलामा ५ हजार ५ सय रुपैयाँले बढेर प्रतिताेला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाकाे ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजाे प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।