Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

नेपाल प्रहरी समाचार

०८ मंगलबार , पौष २०८२२ घण्टा अगाडि

नेपाल प्रहरी समाचार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
काठमाडौं, ८ पुस । काठमाडौं, टोखा नगरपालिका ८ बानियाटारस्थित खाजाघर संचालन गरी बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका २ घर भएकी ५० वर्षीया टिका देवी पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको खाजाघर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
     नवलपरासी पश्चिम, रामग्राम नगरपालिका १२ पचगावाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ५० एम्पुल, फेनारगन १ सय ५० एम्पुल र बुप्रेनोर्फिन १ सय ५० एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  पाल्हीनन्दन गाउँपालिका(६ पडरी बस्ने ३० वर्षीय शहरेदिन अन्सारी जोलाहा र १९ वर्षीय कृष्ण कुमार चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रूपन्देही भैरहवाबाट खटिएको प्रहरीले लु। ७२ प २९१३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरीले शहरेदिन अन्सारीको घर तलासी गर्दा थप डाईजेपाम ४ सय ४३ एम्पुल, फेनारगन ४ सय ४३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ५३ एम्पुल बरामद गरेको छ । यसैगरी थप अनुसन्धानको क्रममा पाल्हीनन्दन गाउँपालिका ४ लोकपुरवाबाट युपि ५६ बिई ५५३७ नम्बरको मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश जिल्ला महाराजगंज थाना ठुटीवारी बस्ने २७ वर्षीय ईरसाद अली र २४ वर्षीय नवि रसुललाई नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार ४ सय ९४ एम्पुल, फेनारगन १ हजार ४ सय ९८ एम्पुल, बुप्रेनोर्फिन १ हजार ४ सय ९१ एम्पुल र नगद ४०  हजार रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।  
    कञ्चनपुर, कृष्णपुर नगरपालिका(४ त्रिविणी चोक बस्ने ३५ वर्षीया लक्ष्मी देवी दौल्याललाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ २ किलो ३ सय ग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनले घरमा संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 
    यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका १० नन्दुचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका २ मिलन चोक बस्ने ३३ वर्षीय जय बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर र चालकको खोजी गरिरहेको छ । 
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका १८ सदाबहार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय अभिशेक अवस्थी र २१ वर्षीय मोहित भट्ट रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले मोहितको कोठा तलासी गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    भक्तपुर, सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९४ ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका(२ दुवाकोट बस्ने रामेछाप घर भएकी २४ वर्षीया सुनिता तामाङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    बर्दिया, बढैयाताल गाउँपालिका ३ सिमराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका २ सतपतिया बस्ने २४ वर्षीय आदेश थारूलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    धादिङ, गजुरी गाउँपालिका ६ आदमघाट बजारबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका ७ बस्ने ३५ वर्षीय चन्द बहादुर तामाङ, सोही गाउँपालिका ८ बस्ने १९ वर्षीय युके लामा र सोही गाउँपालिका ८ बस्ने ४५ वर्षीय चन्द बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी बैरेनी र अस्थायी प्रहरी प्रोष्ट आदमघाटबाट खटिएको प्रहरीले काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ६२३१ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    सुनसरी, बराहक्षेत्र नगरपालिका(११ बुधबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र स्पास्पेन २ सय ५० ट्याब्लेट सहित सोही नगरपालिका ८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरीले लौकहीबाट प्रकाशपुरतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । 
    कास्की, पोखरा महानगरपालिका(२ सराङकोट चोकबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३ सय ८२ ट्याब्लेट सहित सोही महानगरपालिका १८ लामागाउँ बस्ने ३२ वर्षीय भीम बहादुर मगर समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    तनहुँ, आँबुखैरेनी गाउँपालिका(४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित गोरखा शहिद लखन गाउँपालिका(३ बस्ने २९ वर्षीय रोल बहादुर गुरूङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग।२ ख १९२० नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कपिलवस्तु, वाणगंगा नगरपालिका(२ पिपराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ४० मिलिग्राम सहित अर्घाखाँची भुमिकास्थान नगरपालिका(१ बस्ने ४२ वर्षीय कमल बहादुर खत्री समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपरासमेतबाट खटिएको प्रहरीले एचआर ५५ एटी २३६४ नम्बरको  कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


भरूवा बन्दुक बरामद
काठमाडौं, ८ पुस ।     सिराहा, धनगढीमाई नगरपालिका १३ स्थित चितवा खोला नजिकबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिराहाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको   हो । 
    दैलेख, नौमुले  गाउँपालिका(२ उनपाटा सामुदायिक वनबाट भरूवा बन्दुक २ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको   छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।