Advertisement Banner
Advertisement Banner

०९ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

गीत ‘सारङ्गीको साथी’ बजारमा

०८ मंगलबार , पौष २०८२११ घण्टा अगाडि

गीत ‘सारङ्गीको साथी’ बजारमा

जीवनका संघर्ष बोलेको गीत ‘सारङ्गीको साथी’ बजारमा
टेकम पाण्डे ‘जिज्ञासु’को शब्दमा  ‘सारङ्गीको साथी’ बजारमा

काठमाडौं  । रमेश शेसी र सरिता गोतामे महारको स्वर ‘सारङ्गीको साथी’ सार्वजनिक भएको छ । जीवनका संघर्ष, पीडा र संवेदनालाई सारङ्गीको मर्मस्पर्शी धुनसँग समेटदै जिवनका विभिन्न आयामलाई गीतमा समेटिएको छ । सारङ्गीको पीडा मिश्रित धुन, भावनात्मक शब्द र कलाकारको सशक्त अभिनयका कारण ‘सारङ्गीको साथी’ श्रोता तथा दर्शकको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ । टेकम पाण्डे ‘जिज्ञासु’को शब्द तथा सरिता गोतामे महारको संगीत र  पूर्ण साम्योगको एरेन्जमा रहेको गीतमा  खडक बाजुराली मिक्सिङ्ग तथा मास्टरिङ्गले गरेका छन्।
डेनिस खनालको छायाँकन , दिनेशको मुस्कानको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा जिवनका सधर्षलाई निकै मार्मिक रुपमा शब्दमा व्यक्त गरिएको छ । गीतको भिडियोमा आयुष्मा कार्की ९केशरी० र दिनेश मुस्कान मुख्य भूमिकामा देख्न सकिन्छ ।
साथै तुकमान बीके, अनिता साउद, अभिषेक लाम्साल, सिता पाण्डे र प्रयास कुमारको पनि अभिनय रहेको छ। भिडियोको निर्देशन तथा सम्पादन दिनेश मुस्कानले गरेका हुन् भने डीओपी तथा एरियल सिनेमाटोग्राफी डेनिस खनालले सम्हालेका छन्। सहायक निर्देशक तुकमान बीके ९गोपाल० रहेका छन्।

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/lATEP0YdeN0?si=Rd9BwEYEOfHkx3ut" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>