Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

‘मिस्टर एण्ड मिस पूर्बेलि’ प्रतिष्पर्धीको पोज पोजमा फोटोसुट

०८ मंगलबार , पौष २०८२८ महिना अगाडि

‘मिस्टर एण्ड मिस पूर्बेलि’ प्रतिष्पर्धीको पोज पोजमा फोटोसुट

इटहरीर बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन(२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न भएको छ । शनिबार इटहरी स्थित मादेन इन मा प्रतियोगिताका ३९ जना प्रतिस्पर्धी बालबालिकाहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको हो । उक्त फोटोसुट निश्चल ग्यालरीले गरेको थियो भने सहभागीहरूको मेकअप ‘मार्टिना मेकअप स्टुडियो’ ले गरेको थियो ।

प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक संस्था ओपन स्पेस प्रा।लि। का निर्देशक सरोज श्रेष्ठले यो मञ्च बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यमा कला तथा फेसनको क्षेत्रमा तयार पार्ने माध्यम भएको बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्ष सम्पन्न पहिलो सिजनका प्रतिस्पर्धीहरूले नेपाली फिल्म क्षेत्रमा समेत अवसर पाएका छन् ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका फिल्म ‘बलिदान’ मा निर्वाह गर्ने मौका पाएको उदाहरण दिँदै उनले यो प्रतियोगिता अवसरको ढोका भएको बताए । हाल सहभागीहरूलाई कोरियोग्राफर सुभेक्षा कार्कीले र्याम्प वाकको विशेष प्रशिक्षण पनि दिइरहेकी छन् ।

यसका साथै बालबालिकाको आत्मविश्वास बढाउन व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर कला र योगा जस्ता विषयमा पनि तालिम दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले माघको तेस्रो साता इटहरीमा हुने निर्देशक श्रेष्ठले जानकारी गराए । विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकको भनाई छ ।