Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै

१० बिहिबार , पौष २०८२६ महिना अगाडि

इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै

हरेक वर्ष झैं यसवर्ष पनि डिसेम्बर २५ को दिन आज विश्वभरका इसाई धर्मावलम्बीहरूले महान् पर्व ‘क्रिसमस डे’ (येशु ख्रीष्टको जन्मदिन) मनउँदै छन् । नेपाललगायत विश्वभरका इसाई धर्मावलम्बीहरूले प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा याे पर्व मनाउन लागेका हुन् ।  

डिसेम्बर २५ का दिन इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ अर्थात येशु ख्रीष्टको जन्मदिनलाई इसाई समुदायले भव्य रूपमा मनाउने गर्दछन् । करिब २ हजार २५ वर्षअघि आजकै दिन इजरायलको वेथलेहेममा कुमारी मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

नेपालमा क्रिसमसको अवसरमा प्रमुख पर्यटकीय गन्तव्यहरू ठमेल, बौद्ध, दरबारमार्ग तथा पोखरा र चितवनको सौराहामा विशेष चहलपहल बढेको छ भने ठाउँठाउमा रङ्गीचङ्गी बत्ती र आकर्षक ‘क्रिसमस ट्रि’ ले सिँगारिएका छन् ।

अहिले नेपालमा करिब ३० लाख इसाई धर्मावलम्बी र देशभर १३ हजारभन्दा बढी चर्च सञ्चालनमा रहेकाे नेपाल ख्रिष्टियन महासंघले जनाएकाे छ ।

यत ‘क्रिसमस डे’ का अवसरमा आज राष्ट्रपति रामचन्द्र पाैडेलले पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गर्दै शुभकामना सन्देश दिएका छन् ।