Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एम्बुलेन्स सेवा निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरे कारबाही

१० बिहिबार , पौष २०८२८ महिना अगाडि

एम्बुलेन्स सेवा निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरे कारबाही

एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरे कारबाही हुने जनाएको हाे ।

कसैले पनि एम्बुलेन्स सेवा निर्देशका विपरीत एम्बुलेन्स सञ्चालन गर्न नहुने बताउँदै निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले जनाएका छन् । साथै, मन्त्रालयले एम्बुलेन्स सेवाको  सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले जारी गरेकाे निर्देशिका अनुसार सबै एम्बुलेन्स सेवाहरु प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने बताइएकाे छ । निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा आएको मन्त्रालयका प्रवक्ता बूढाथोकीले जनाएका छन् ।

मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने पनि प्रवक्ता बूढाथोकीले जनाएका छन् ।