Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सुनचाँदीको मूल्य लगातार बृद्धि

१३ आइतबार , पौष २०८२३ महिना अगाडि

सुनचाँदीको मूल्य लगातार बृद्धि

नेपाली बजारमा सुनचाँदीकाे मूल्यमा लगातार बृद्धि भएकाे छ । आज पनि सुनचाँदीको मूल्य लगातार बृद्धि भएर हालसम्मको उच्च भएकाे हाे ।

पछिल्ला केही दिनदेखि स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय र चाँदी ४ हजार ८ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजकाे सुनचाँदीकाे मूल्य हालसम्मको उच्च हो । शुक्रबार सुन प्रतिताेला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोवार भएकाे थियाे भने चाँदी प्रतिताेला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएकाे थियाे । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५ सय ३० र चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अहिले अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् ।