Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आजदेखि रसुवागढी नाका पुनः सञ्चालनमा

१४ सोमबार , पौष २०८२७ महिना अगाडि

आजदेखि रसुवागढी नाका पुनः सञ्चालनमा

नेपाल-चीनकाे रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ । विगत ६ महिनादेखि बन्द रहेकाे उक्त नाका आज बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालकहरू केरुङतर्फ आवतजावत गर्न सुरु गरेसँगै पुनः सञ्चालनमा आएको हाे ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने ल्हेन्दे खोलामा निर्माणाधीन बेली ब्रिजको काम सम्पन्न भएसँगै पुस १७ गतेदेखि नाका खोल्ने विषयमा चिनियाँ समकक्षीबाट जानकारी प्राप्त भएको रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जनाएका छन् ।

गत असार २४ गते अघि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर तथा डिब्बा बाढीका कारण बाटाे बिग्रिएर उतै फसेकाेमा त्यसलाइ ल्याउनका नेपाली चालकहरू र सामानको व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिहरू केरुङतर्फ प्रस्थान गरिसकेको सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिएका छन् ।

यसअघि ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि असार महिनादेखि नै रसुवागढी नाकाबाट हुने व्यापार व्यवसाय पूर्ण रूपमा बन्द रहेको थियो । बाढीका कारण टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति पुगेको थियो भने रसुवागढी–स्याफ्रुबेँसी १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा नदी कटान हुँदा यातायात पूर्वाधारमा समेत ठूलो असर परेको थियाे ।