Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण – प्रहरी महानिरीक्षक

१४ सोमबार , पौष २०८२१४ घण्टा अगाडि

नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण – प्रहरी महानिरीक्षक

काठमाडौं, १३ पुस । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । 
काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो । 
जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय(प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्दार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम(नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । 
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दुतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुनस्निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो । 
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।  
सो अवसरमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका(१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ(आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका(२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुती समेत गरेको थियो । 
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकम सहित पक्राउ
मोरङ,१३ पुस । विराटनगर महानगरपालिका १५ बाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित सोही नगरपालिका(६ बस्ने ४९ वर्षीय अरबिन्द्र अग्रवाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

करिब ३ सय ३० किलो गाँजा सहित दुई जना पक्राउ
मोरङ, १३ पुस । जहदा गाउँपालिका २ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन ५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौं, १३ पुस । काठमाडौं महानगरपालिका ३ तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ४ सय ६० मिलिग्राम र नगद १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं लोलाङ बस्ने धादिङ घर भएका २६ वर्षीय बिक्रम परियार र बुढानिलकण्ठ नगरपालिका ४ ठुला गाउँ बस्ने २७ वर्षीय सगरमाथा तामाङ रहेका छन् । 
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित सुनसरी रामधुनी नगरपालिका २ बस्ने २३ वर्षीय आभास शर्मालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
बारा, कोल्हवी नगरपालिका १ कोल्हवी बजारबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ ४ सय ६० ग्राम सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका १० बस्ने ३२ वर्षीय राजेश साह,  २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन् । 
सिराहा, सिरहा नगरपालिका २१ लकडिगोठबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी तिनवाही ग्राम पचायत बस्ने २० वर्षीय विवेक यादव र २० वर्षीय दिपक यादव रहेका छन् । प्रहरी चौकी लकडिगोठसमेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ बीडी १३११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दुई हजार २ सय २० ट्याब्लेट ट्रामाडोल बरामद
सुनसरी, १३ पुस । देवानगंज गाउँपालिका २ कबरिस्तानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय २० ट्याब्लेट शनिबार साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
काठमाडौं, १४ पुस । ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन र संगठित अपराध
मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बागलुङ, बागलुङ नगरपालिका २ श्रीनगर घर भएका जावेद अनवर दीन पक्राउ परेका छन् । एनसिबि अबुधाबी, युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

करिब ५ सय २१ किलो गाँजा सहित दुई जना पक्राउ
मोरङ, १४ पुस । केराबारी गाउँपालिका ५ लाफा टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय २१ किलोग्रम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका ६ बस्ने ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका २ बस्ने २० वर्षीय खगेन्द्र लिम्बु रहेका छन् । एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक निश्चल र एम्बुलेन्समा सवार खगेन्द्रलाई पक्राउ गरेको हो ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं, १४ पुस । काठमाडौं, टोखा नगरपालिका ९ गोंगबु मंगल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने कालिकोट नरहरिनाथ गाउँपालिक २ घर भएका २४ वर्षीय धन बहादुर विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, सुनवर्षी नगरपालिका७ बरडंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय मिलिग्राम सहित पथरीशनिश्चरे नगरपालिका ३ मुक्ति चोक बस्ने ३० वर्षीय सन्जय राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बरडंगाबाट
खटिएको प्रहरीले सिक्टिबाट झपडतलतर्फ जाँदै गरेको को १३ प ९४५५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका(९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित बर्दिया गेरूवा गाउँपालिका २ शान्तिबजार बस्ने २५ वर्षीय लाल बहादुर विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका ९ गणतन्त्र चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र नोर्फिन १९ एम्पुल सहित सोही ठाउँ बस्ने ३६ वर्षीय लक्ष्मण गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १४ पुस । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर नगरपालिका ११ बस्ने सुनसरी इनरूवा नगरपालिका १ घर भएका ३८ वर्षीय विशाल कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
विशालले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कीर्तिपुर नगरपालिका ११ बाट पक्राउ गरेको हो ।

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
धादिङ, १४ पुस । धुनीवेशी नगरपालिका ८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७० मिलिग्राम सहित बर्दिया बारबर्दिया नगरपालिका ७ बस्ने ३७ वर्षीय दिनेश कुमार खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरीले बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

एकनाले भरूवा बन्दुक बरामद
दाङ, १४ पुस । गढवा गाउँपालिका ५ स्थित भवानी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उक्त स्थानमा वेवारीसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
४५.१८ ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद सहित मानिस नियन्त्रणमा लिएको छ ।

२०८२।०९।१३ गते अन्दाजी १७.२५ बजेको समयमा जिल्ला काठमाडौं, टोखा नगरपालिका ९ गोंगबु मंगल टोल स्थित एक घरमा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उक्त घरमा डेरा गरी बस्ने जिल्ला कालिकोट, नरहरीनाथ गाउँपालिका २ घर भएको वर्ष २४ को धन बहादुर विष्टलाई फेलापारी निजको कोठा खानतलासी गर्दा फेला परेको लागु औषध खैरो हेरोइन ९ब्राउन सुगर० जस्तो देखिने पदार्थ तौल ४५.१८ ग्राम, विभिन्न कम्पनीका मोबाइल थान ७, नेपाली नगद ३५,०००। र डिजिटल तराजु थान १ सहित नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ४ को म्याद थप लिइ अनुसन्धान भइरहेको ।

नक्कली सुन दिएर रकम ठगी गर्ने मानिसहरू पक्राउ
२०८२।०९।०८ गते, जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ५ थली स्थितमा सुन जस्तो देखिने धातुको डल्लो दिएर २ जना व्यक्तिहरूको साथबाट नगद पाँच लाख लिई फरार रहेका मानिसहरूको खोजतलास गर्ने क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी स्थितबाट पक्राउ गरी ठगी कसुरमा म्याद थप भइ अनुसन्धान कार्य भइरहेको ।

पक्राउ परेका मानिसहरू
१. जिल्ला मकवानपुर, इन्द्रसरोवर गाउँपालिका ३ घर भइ जिल्ला ललितपुर, ललितपुर महानगरपालिका १३ नख्खु बस्ने वर्ष ४५ को सुकुमान सिंह ब्लोन ।
२. ऐ. २ घर भइ ऐ. ८ पाटन बस्ने वर्ष ४८ को राजेन्द्र तामाङ ।
३. जिल्ला मकवानपुर, बकैया गाउँपालिका ११ घर भइ जिल्ला ललितपुर, ललितपुर महानगरपालिका लगनखेल बस्ने वर्ष ५३ को बिर बहादुर तामाङ भन्ने बिवासित स्याङ्तान ।
४. जिल्ला नवलपरासी, देवचुली नगरपालिका १७ घर भइ जिल्ला ललितपुर, एकान्तकुना बस्ने वर्ष ४२ को जित बहादुर तामाङ ।
पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
२०८२।०९।१० गते हतियार लुकाई छिपाइ राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ४ बाफल स्थितबाट लुकाई छिपाई राखिएको अवस्थामा तपसिलमा उल्लिखित हतियार सहित निम्न ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको । 
पक्राउ परेका मानिसहरू
१. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही
२. जिल्ला मोरड, लेटाङ नगरपालिका ४ घर भएको वर्ष २२ को शाहिल तिवारी
३. जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई

बरामद हतियार तथा गोलीगट्ठा
१. पेस्तोल 
२. म्यागजिन थान तीन
३। गोलि थान दुई र गोलीको खोका थान दुई

पर्यटक तथा सर्वसाधारण मानिसहरूलाई दुःख हैरानी दिने १२ जना नियन्त्रणमा
काठमाडौं महानगरपालिका स्थित चाबहिल, गौशाला तथा तिलगंगा इलाकामा पर्यटक तथा अन्य सर्वसाधारण मानिसहरूलाई बलजफती ढङ्गमा विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा १२ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।