Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

आज ‘तमु ल्होसार’ सार्वजनिक बिदा

१५ मंगलबार , पौष २०८२६ घण्टा अगाडि

आज ‘तमु ल्होसार’ सार्वजनिक बिदा

आज देशभर हर्षोल्लासका ‘तमु ल्होसार’ पर्व मनाइँदैछ । गुरुङ समुदायले मनाउने याे पर्वकाे अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएकाे छ ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै आफ्नो मौलिक पर्वलाई भव्यताका साथ मनाउने गर्दछन् । गुरुङ भाषामा ‘ल्हो’ काे अर्थ वर्ष र ‘सार’ काे अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनको रूपमा  ‘तमु ल्होसार’ नामाकरण गरिएको हो ।

हरेक वर्ष पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने भएकाले अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा समेत यस दिनलाई लिने गरिन्छ । सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको मानिन्छ ।

गुरुङहरूको बाहुल्य रहेकाे लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका जिल्लाहरू याे पर्व धुमधामका साथ मनाउने गरिन्छ । त्यस्तै संघिय राजधानी काठमाडौंको टुँडिखेलमा विशेष रौनकका साथ आइतबारदेखि नै सुरु भएको ल्होसार महोत्सवमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकाे छ ।