
पहेंलाे सुन जस्तै देखिन धातुको डल्लो दिएर लाखाैं रकम ठगि गरि फरार रहेका ४ जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले हिजाे उनीहरूलाई काठमाडौँ महानगरपालिका ६, चुच्चेपाटीबाट पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा मकवानपुर, इन्द्रसरोवर गाउँपालिका-३, का ४५ वर्षीय सुकुमान सिंह ब्लोन, साेहि स्थानकाे वडा नम्वर-२, का ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर, बकैया गाउँपालिका-११, का ५३ वर्षीय बिर बहादुर तामाङ र नवलपरासी, देवचुली नगरपालिका-१७ का ४२ वर्षीय जित बहादुर तामाङ रहेका छन् ।
उनीहरूले पुस ८ गते काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका ५, थलीमा सुन जस्तो देखिने धातुको डल्लो दिएर २ जना व्यक्तिबाट ५ लाख लिई फरार भएका थिए । पक्राउ परेका उनीहरूलाई ठगी कसुरमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


