Advertisement Banner
Advertisement Banner

१५ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

शीतले सडक चिप्लो हुँदा सवारी अवरुद्ध

१५ मंगलबार , पौष २०८२५ घण्टा अगाडि

शीतले सडक चिप्लो हुँदा सवारी अवरुद्ध

चिसाे बढेसँगै परेकाे शितकाे कारण सडक चिप्लाे हुँदा सवारी साधन आवागमन अवरुद्ध भएकाे छ । शीतले सडक चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी साधन आवागमनमा समस्या भएको हाे ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डको उकालो र ओरालोमा शीतले बाटो भिज्दा गाडी चिप्लिएर गुड्न नसकेपछि झण्डै १५ घण्टादेखि गाडी चल्न नसकेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएकाे छ । सडकमा गाडी गुड्न नसकेपछि बर्दघाट र  दुम्किबासतर्फ गाडीको ठूलो लाम लागेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेले बताएका छन् ।

बन्दै गरेकाे बुटवल नारायणगढ सडकखण्ड अन्तर्गत अन्य ठाउँमा सडक सहज भएपनि दाउन्नेमा अझै काम बाँकी रहेकाे र उक्त स्थानमा शितकाे कारण सडक अवरुद्ध भएपछि सवारी सञ्चालनमा समस्या भएकाे हाे । प्रहरीले शीत कम भएपछि  सडक खुल्ने जनाएको छ ।