
पर्यटक तथा सर्वसाधारणलाई दुःख दिने एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडाैँकाे विभिन्न स्थानबाट उनिहरुलाई पक्राउ गरेको हाे ।
चाबहिल, गौशाला तथा तिलगङ्गा क्षेत्रमा घुम्न गएका विदेशी पर्यटक तथा सर्वसाधारणलाई दुःख, हैरानी तथा अभद्र व्यवहार गर्ने १२ जनालाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएका छन् ।


