Advertisement Banner
Advertisement Banner

१२ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

सुनसरीमा शीतलहर विद्यालयमा बिदा

१६ बुधबार , पौष २०८२६ महिना अगाडि

सुनसरीमा शीतलहर विद्यालयमा बिदा

चिसाे र शितलहरका कारण सुनसरी जिल्लाकाे स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएसँगै विद्यालयहरुमा बिदा दिइएकाे हाे ।

शीतलहरको प्रभाव बढ्दै गएपछि स्थानीय तहले पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिइएकाे बताइएकाे छ । इटहरी उपमहानगरपालिकाले मीन पचास बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरेकाे हाे भने इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरा रामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरू सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे ।

जिल्लामा चिसो बढेपछि स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो अवस्थामा राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।