Advertisement Banner
Advertisement Banner

१६ बुधबार, पौष २०८२20th November 2025, 6:33:20 pm

ओखलढुंगामा श्रीमान श्रीमतिकाे हत्या

१६ बुधबार , पौष २०८२५ घण्टा अगाडि

ओखलढुंगामा श्रीमान श्रीमतिकाे हत्या

गएराति ओखलढुंगामा श्रीमान श्रीमतिकाे हत्या भएकाे छ । ओखलढुंगाको चिशङ्खुगढी गाउँपालिका-६, भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएकाे प्रहरीले जनाएकाे छ ।

गएराति अज्ञात समूहले दम्पतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको बताइएकाे छ । बिहान अबेरसम्म पनि दम्पती घर बाहिर ननिस्किएपछि छिमेकीले बाहिरबाट बोलाउँदा कुनै जवाफ नआएपछि शंका लागेर भित्र हेर्दा दुवै जना मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

दम्पतीको छोराछोरी घर बाहिर रहेका कारण उनीहरू घरमा एक्लै बस्दै आएका थिए । घटनाकाे बारेमा पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले कोशी प्रदेश प्रहरी कार्यालय, धरानको केनाइन शाखाबाट तालिमप्राप्त कुकुर झिकाएकाे र घटनास्थल सिल गरेर सुक्ष्म अनुसन्धान अघि बढाइएको छ ।

अहिले शंकास्पद व्यक्तिहरूमाथि निगरानी गरिरहेकाे भएपनि कसैलाई पक्राउ गरिएको छैन् । कुकुरको सहायताले ‘क्राइम सिन’ को विस्तृत जाँच नसकिएसम्म शव नउठाइने प्रहरीले जनाएको छ ।