
काठमाडौँको नागार्जुन नगरपालिका–४, बाफल चोकबाट बिलबिजक नभएको सामानसहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले बाफल चोकबाट बिलबिजक नभएको सामानसहित ४ जनालाई नियन्त्रणमा लिएको हाे ।
धनगढीबाट काठमाडौँ आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसकाे डिक्की भित्रबाट बिल बिनाको २८ कार्टुन मोबाईको पार्टस सामानसहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।
आज बिहान सवा ६ बजे उनीहरूको साथबाट २७ बोरामा १५ सय पिस टेम्पड ग्लास, १ पिसको अन्दाजी मूल्य ३५ का दरले १४ लाख १७ हजार ५ सय पर्ने सामान बरामद गरिएको प्रहरीले जनाएको छ । अहिले उनीहरूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा छानबिनका लागी प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।


