
गएराति ललितपुरकाे थसिखेल क्षेत्रमा टिपरकाे ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएकाे छ । तीव्र गितमा अाएकाे टिपरले ठक्कर दिँदा ४१ वर्षीय दीपेन्द्र सिलवालको मृत्यु भएको हो ।
गएराति करिब साढे ९ बजे एकान्तकुनाबाट महालक्ष्मीस्थानतर्फ गइरहेको बा ४ ख १४७० नम्बरको टिपरले सिलवाललाई ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । ठक्कर दिए लगतै गम्भीर घाइते सिलवाललाई तत्काल उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उक्त दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मरिण गाउँपालिका-६ स्थायी घर भएका ३८ वर्षीय सोवित कुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा मृत्यु भएका मृतकको शव अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।


