Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पश्चिम तराईमा चिसोले जननीवन प्रभावित

१८ शुक्रबार , पौष २०८२३ महिना अगाडि

पश्चिम तराईमा चिसोले जननीवन प्रभावित

बाक्लो हुस्सु र कुहिरोका कारण चिसाे बढेपछि पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसाेका कारण पश्चिम तराईका बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् । 

बाँकेलगायत पश्चिम तराईका स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने बिहान खुल्ने पसल र बजार ढिलो गरी खुल्ने गरका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार क्षेत्र छिट्टै सुनसान हुन थालेकाे छ । चिसोसँगै हुस्सु लाग्दा कठ्याङ्ग्रिएर सवारीसाधन चलाउन समेत समस्या भएको बताइएकाे छ ।    

चिसोका कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेकाे र अस्पतालमा निमोनिया र रुघाखोकीका बिरामी बढेकाे भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले जनाएका छन् ।