
बाक्लो हुस्सु र कुहिरोका कारण चिसाे बढेपछि पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसाेका कारण पश्चिम तराईका बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका हुन् ।
बाँकेलगायत पश्चिम तराईका स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने बिहान खुल्ने पसल र बजार ढिलो गरी खुल्ने गरका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार क्षेत्र छिट्टै सुनसान हुन थालेकाे छ । चिसोसँगै हुस्सु लाग्दा कठ्याङ्ग्रिएर सवारीसाधन चलाउन समेत समस्या भएको बताइएकाे छ ।
चिसोका कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेकाे र अस्पतालमा निमोनिया र रुघाखोकीका बिरामी बढेकाे भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले जनाएका छन् ।


