Advertisement Banner
Advertisement Banner

२१ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

फेरि बढ्या सुनचाँदीकाे मूल्य

१८ शुक्रबार , पौष २०८२३ दिन अगाडि

फेरि बढ्या सुनचाँदीकाे मूल्य

नेपाली बजारमा केही दिनयता सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएपनि आज दुवै धातुको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

हिजाे छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ रहेकाे थियाे । त्यस्तै आज चाँदीको मूल्य ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजाे चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको थियो ।

आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३ सय ७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।