Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नवलपरासीमा १५ शय्याको नगर अस्पताल निर्माण

१८ शुक्रबार , पौष २०८२७ महिना अगाडि

नवलपरासीमा १५ शय्याको नगर अस्पताल निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १५ शय्याको नगर अस्पताल निर्माण गरिएकाे छ । १४ करोड १० लाखको लागतमा उक्त नगर अस्पताल भवन निर्माण गरिएकाे हाे ।

देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेका अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको बताइएकाे छ । उनले भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने बताएका छन् ।

उक्त अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा उपलब्ध हुनेछ । हाडजोर्नी, नाककान, घाँटी, छाला, पेट, छाती तथा मुटुरोग, स्त्रीरोग, मानसिक रोगलगायत विशेषज्ञ सेवा, आँखा र दाँतकाे उपचार हुँदै आएको छ ।

देवचुली नगर अस्पतालमा अहिले दैनिक करिब २ सय ५० जना बिरामीले स्वास्थ्य उपचार सेवा लिइरहेका छन् भने स्वास्थ्य बिमा कार्यक्रममा समेत नगर अस्पताल रहेकाले अब बिमा कार्यक्रममा आवद्ध नागरिकले थप सहज रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने बताइएकाे छ ।