Advertisement Banner
Advertisement Banner

२२ मंगलबार, पौष २०८२20th November 2025, 6:33:20 pm

उपत्यकामा चिसाे बढ्याे, आज याे वर्षकै कम तापक्रम

२० आइतबार , पौष २०८२२ दिन अगाडि

उपत्यकामा चिसाे बढ्याे,  आज याे वर्षकै कम तापक्रम

काठमाडौँ उपत्यकाकाे न्यूनतम तापक्रम तापक्रम घटेर यो वर्षकै कम मापन गरिएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्रीमा झरेको हाे ।

तापक्रम घटेसँगै चिसाे बढेकाे छ । विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो साता तापक्रम घटेको छ भने घट्दो क्रममा रहेको तापक्रमका कारण दैनिक चिसाे बढ्दै गएकाे छ । पुस ८ गते काठमाडौँको तापक्रम ४.९ डिग्री रेकर्ड गरिएकोमा पुस १५ गते ४.८  डिग्री, पुस १७ गते ४.६ र आज भने ४.५  डिग्रीमा विभागले जनाएकाे छ ।

त्यस्तै आज देशका विभिन्न क्षेत्रमा न्यूनतम तापक्रम घटेको पनि विभागले जनाएको छ । जसअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री र मुस्ताङको जोमसोममा माइनस ४.५ डिग्री तापक्रम रहेको छ भने त्यस क्षेत्रकाे खोलासमेत जमेकाे बताइएकाे छ ।

त्यसैगरि डडेलधुराकाे न्युनतम तापक्रम २.७, दिपायलमा ६, वीरेन्द्रनगरमा ५, घोराहीमा ८, पोखरामा ८.५, सिमरामा ८.३, ओखलढुङ्गामा ४.९, जिरीमा ०.२, ताप्लेजुङमा ५.८‚ लुम्लेमा ४.५ र धनकुटामा ७ डिग्री रहेको विभागले जनाएकाे छ । यता तराइ क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहरका कारण जनजिवन प्रभावित बनेकाे छ ।

हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात भइरहेको छ । विभागका अनुसार आज देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने तराईका अधिकांश ठाउँमा हुस्सुकुहिरो लागेको छ ।

विभागका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेकाे बताइएकाे छ ।