Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गएराति पूर्वी नेपालमा भूकम्प

२० आइतबार , पौष २०८२३ महिना अगाडि

गएराति पूर्वी नेपालमा भूकम्प

गएराति पूर्वी नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर राति १० बजेर ५१ मिनेटमा ४.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

त्यस्तै हिजाे शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरस्केलको भूकम्प गएको पनि केन्द्रले जनाएकाे छ । यसअघि मंसिर २२ गते बिहान दार्चुलाकाे घुसा केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियाे ।

पछिल्लाे समय नेपालकाे पश्चिम क्षेत्रकाे विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाेमा अहिले पूर्वी नेपालमा भूकम्प गएकाे हाे ।