
हिजाे साँझ काठमाडाैँ-हेटाैँडा जाेड्ने भीमफेदी–कुलेखानी–काठमाण्डौ सडककाे भीमफेदी—६ जुरीखेतमा भएकाे सुमो गाडी दुर्घटनामा ६ जनाको ज्यान गएकाे छ । काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्वरकाे सुमो गाडी सडकबाट एकसय मिटर तल खोल्सामा खसेर दुर्घटनामा परेकाे हाे ।
गाडीमा सवार ९ जनामध्ये ६ जनाको हेटौंटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मृत्यु हुनेहरूमा भारत बिहारका ४२ वर्षिय रजनिस कुमार, हेटौडा उपमहानगरपालिका-४ कमलडाँडाकी ४० वर्षिय सबिता लम्साल, हेटौडा उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने ९ वर्षिय निखिल अग्रवाल, भारत बिहारका ५० वर्षिय अरबिन्द कुमार रहेका छन् । त्यसैगरि नाम थर वतन नखुलेको अन्दाजी ३६ र ४० वर्षिय दुइ जना पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
उक्त दुर्घटनामा परि गम्भिर घाइते भएका सुमो चालक हेटौडा उपमहानगरपालिका-४ का ४५ वर्षिय गणेश थापा, हेटौडा उपमहानगरपालिका-४ का १२ वर्षिय अभ्यास लम्साल र रौतहट चन्द्रपुरनगरपालिका-२ की २१ वर्षिय रिचा चौधरीलाइ थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको बताइएकाे छ ।


