Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

स्रोत नखुलेको १० लाखसहित तीन जना पक्राउ

२१ सोमबार , पौष २०८२९ महिना अगाडि

स्रोत नखुलेको १० लाखसहित तीन जना पक्राउ

प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पर्सा जिल्लाकाे जगरनाथपुर गाउँपालिका–३, गडैयाटोलबाट उनिहरूलाई पक्राउ गरिएकाे हाे ।

प्रहरीका अनुसार तीन जना व्यक्तिबाट स्रोत नखुलेको १० लाख रुपैयाँ रकम बरामद गरेको बताइएकाे छ । पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४, का २२ वर्षे पवनकुमार साह, सोही ठाउँका ३० वर्षे मुस्ताक अन्सारी र रामपुकार पासवान रहेकाे प्रहरीले जनाएकाे छ ।

पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ को (क) बमोजिम कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जनाएका छन् ।