Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मुगुमा सेनाको जीप दुर्घटना चालकको मृत्यु

२१ सोमबार , पौष २०८२३ महिना अगाडि

मुगुमा सेनाको जीप दुर्घटना चालकको मृत्यु

मुगुमा नेपाली सेनाको जीप दुर्घटना परेको छ । हिजो साँझा मुगुको रारा क्षेत्रमा सैनिक पुर्‍याएर फर्किँदै गरेको जीप भिरबाट खसेर दुर्घटना भएको हो ।  

नेपाली सेनाको जीप भिरबाट खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताइएको छ । हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा जीप दुर्घटना हुँदा अमलदार हरिसिंह ऐडी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते बैतडी पाटन-४, बगाडीका ऐडीको मुगु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।